अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देश निकाला गर्न सक्ने « Khabarhub

अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देश निकाला गर्न सक्ने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले अपराधमा संलग्न ग्रीनकार्डवाहक आप्रवासीलाई देश निकाला गर्न सक्ने भएको छ ।

स्थायी रुपमा नै अमेरिकामा बस्दै आएका तर धेरै अपराधमा संलग्न भएको पाइए त्यता आप्रवासीलाई देश निकाला गर्न सक्ने तल्लो अदालतको आदेशलाई सर्बोच्च अदालतले पनि सदर गरेको हो ।

अमेरिकी सर्बोच्च अदालतका ९ न्यायाधीशहरुमध्ये ५ जनाले धेरै अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देशनिकाला गर्न सकिने प्रावधानलाई सदर गरेका हुन् ।

अदालतले धेरै अपराधमा संलग्न भएर सन् २०१६ मा जर्जियामा देशनिकाला भएका तर अमेरिकामा ग्रीनकार्ड लिएर बस्दै आएका ४२ वर्षीय आन्द्रे मार्टेलो बार्टोनको मुद्धामा यस्तो फैसला गरेको हो ।

देशनिकालामा परेका बार्टोनले हातहतियार, लागु औषध, आक्रमण लगायतका अपराध गरेका थिए । अमेरिकी ग्रीनकार्डवाहक उनले देशनिकाला रद्द गराउन माग गर्दै अदालतमा आवेदन दिएका थिए । तर अदालतले उनको पक्षमा फैसला नगरेपछि अप्ठेरोमा परेका छन् ।

सन् २०१६ मा ओबामा कार्यकालमा नै अध्यागमन अदालतका न्यायाधीशले ती व्यक्ति देशनिकाला रद्द गराउन योग्य नभएको फैसला गरेका थिए ।

सन् २०१७ मा पनि बोर्ड अफ इमिग्रेशन अपिलले उनको देशनिकालालाई छुट दिन नसकिने फैसला गरेको थियो ।

अदालतको उक्त फैसलासँगै अमेरिकामा बसोबास गर्दै आएका १ करोड ३० लाखभन्दा बढी आप्रवासीमध्ये हजारौँ मानिसहरु कुनै न कुनै रुपमा प्रभावित हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : २४ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व