कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल « Khabarhub

कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ ।

चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ ।

यसले वैज्ञानिकहरुमा निराशा छाएको छ । रेमडेसिवियर नामको उक्त ‘एन्टीभाइरल’ औषधिको पहिलो परीक्षण फेल भएको विवरण विश्व स्वास्थ्य संगठनको दस्ताबेजमा फेला परेको बीबीसीले जनाएको छ ।

कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधि दिइएकोमा बाँकी ७९ लाई प्लेसीबो दिइएको थियो।

एक महिनापछि उक्त औषधि लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ४५ बजे

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ