जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने « Khabarhub

जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।

तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा विकास भएका धेरै जग्गा बाँझा छन् । त्यस्ता जग्गा लक्ष्य गरी नगरपालिकाले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए।

सो निर्णयसँगै आफ्नो घरवरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न बाटो खुलेको छ । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराई व्यक्ति, कृषि फार्म, सहकारी, कृषक समूह, सञ्जालले खेती गर्न सक्ने जनाएको छ । यसरी खेती गर्दा जग्गाको साँध, सिमाना र बनावट भने बिगार्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ ।

सो निर्णयले वर्षौंसम्म जग्गा बाँझो राख्ने तर सँधियार वा छिमेकीले खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए।

यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिनुपर्ने र जग्गाधनीको अवरोधको कारणले भूमि बाँझो रहेमा नगरपालिकाले जरिवाना गर्ने सूचनामा उल्लेख छ । लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण निकट भविष्यमा हुन सक्ने खाद्य संकटसँग जुध्न पनि जग्गा बाँझो नराख्नेगरी नीतिलाई कार्यान्वयन तहमा लैजानुपरेको नगरपालिकाले जनाएको छ ।

एक सय २६ वर्ग किलोमिटर रहेको तिलोत्तमामा वार्षिक धान २२ हजार ४६०, गहुँ आठ हजार एक सय, तरकारी ४१ हजार ४५० र मकै दुई हजार ४५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ । कृषिको उत्पादकत्व बढाउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको तिलोत्तमाले यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाइसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : २० बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई