फेसबुकबाट जरायोको सुकुटी खान आह्वान गर्ने पक्राउ | Khabarhub Khabarhub

फेसबुकबाट जरायोको सुकुटी खान आह्वान गर्ने पक्राउ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संरक्षित बन्यजन्तु जरायोको सुकुटी खान फेसबुक मार्फत आह्वान गर्ने दाङका एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय राज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीको टोलीले पक्राउ गरेको हो ।

पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको टाइम पास आजको नास्ता जरायोको सुकुटी, वेलकम माइ हाउस’ भनेर स्ट्याटस लेखेका थिए ।

सो लगत्तै डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ गरिएपछि फेसबुकबाट उक्त पोष्ट डिलिट गरेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानूनी कारबाहीको प्रकृया अघि बढाइएको वन कार्यालय देउखुरीका प्रमुख बिडारीले बताए।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ३८ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।