कोरोना भाइरस : इटालीमा १५० डाक्टरको मृत्यु, २० हजारबढी स्वास्थ्यकर्मी संक्रमित « Khabarhub

कोरोना भाइरस : इटालीमा १५० डाक्टरको मृत्यु, २० हजारबढी स्वास्थ्यकर्मी संक्रमित


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ ।

संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ चिकित्सकले ज्यान गुमाएका सीएनएनले उल्लेख गरेको छ । संक्रमितमध्ये झण्डै २० हजार स्वास्थ्यकर्मी रहेका छन् ।

इटालीको स्वास्थ्य स्याहार समूह (एएनएएओ)ले सरकारले स्वास्थ्य प्रणाली बचाउन प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरेको छ ।

सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको डेलीमेलले जनाएको छ । इटाली अमेरिकापछि धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

सुरुवाती चरणमा पर्याप्त ज्ञानको अभावले गर्दा स्वास्थ्यकर्मी नै संक्रमणमा परेका हुन् । पछिल्ला केहीदिनमा इटालीमा मृत्यु र संक्रमणमा कमी आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : ४४ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)