प्रभावित क्षेत्र वर्गिकरण गरेर लकडाउन गर्न संसदीय समितिको निर्देशन « Khabarhub

प्रभावित क्षेत्र वर्गिकरण गरेर लकडाउन गर्न संसदीय समितिको निर्देशन


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसदीय समितिहरुले सरकारलाई कोरोना भाइरसको प्रभावित क्षेत्र वर्गिकरण गरेर लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो ।

नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेदेखि पहिलो पटक भौतिक रूपमा बसेका समितिका बैठकले लकडाउन लम्बिदै जादा जनजीवन कष्टकर बन्न थालेको भन्दै सरकारलाई प्रभावित क्षेत्रलाई वर्गिकरण गरेर निर्णय गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारलाई कोरोना सङ्क्रमित क्षेत्र, सङ्क्रमण जोखिमपूर्ण क्षेत्र, सङ्क्रमण नरहेको क्षेत्र वर्गिकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव दिएको छ ।

बैठकले शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन गर्नसमेत सुझाव दिएको हो ।

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

यसैगरी दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारी कम हुने आवश्यक स्वास्थ्य सामग्री सबै ठाउँमा सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

समिति र विज्ञहरुको सुझावबारे अहिले सिंहदरबार जारी कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा छलफल भइरहेको छ । बैठकले यही बैशाख १५ गते सकिने लकडाउनलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : ४२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन