तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै | Khabarhub Khabarhub

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।

तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ ।

त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ ।

एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।

तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रु आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पीसीआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।

चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो ।

नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : ५५ बजे

सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो : नेता महत

चितवन – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारको कामलाई

‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

दोलखामा भूकम्पको धक्का

दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार