अरुको सहाराविना पाइला चाल्न नसक्ने बृद्धको असाधारण काम, कमाए ३१ लाख डलर « Khabarhub

अरुको सहाराविना पाइला चाल्न नसक्ने बृद्धको असाधारण काम, कमाए ३१ लाख डलर


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरुको सहारा पाइला पनि चाल्न नकस्ने एक ९९ वर्षीय बृद्धले  अपत्यारिलो काम गर्दै लाखौं अमेरिकी डलर कमाएका छन् ।

९९ वर्षीय यी वृद्धले आगामी अप्रिल ३० को आफ्नो १००औँ जन्मदिन मनाउनका लागि एक हजार पाउन्ड उठाउने योजनाबमोजिम आफू बसेको घरको बगैँचाको एक सय फन्को मार्ने योजना बनाएका थिए ।

उनले २५ मिटरको उक्त बगौँचालाई गत विहिबार सय फन्को पनि मारे । तर उनले सय फन्को मारिसेकको कयौँ दिनसम्म पनि उनको सम्मानमा पैसा  वर्षिरहेको छ ।

अनपेक्षित रुपमा उनको यो प्रयास र साहसलाई देखेर मानिस यति भावुक भए कि चन्दा नदिईकन बस्नै सकेनन् ।

करिब सात लाख मानिसले उनको यो प्रयासमा साथ दिए र आइतबारसम्ममा करिब ३१ लाख अमेरिकी डलरबराबरको राशि सङ्कलन भएको छ ।

उनको यो साहसलाई प्रधानमन्त्री वोरिस जोन्सनमात्र होइन, राजकुमार ह्यारीलगायत उच्च पदाधिकारीहरूले खुलेर प्रशंसा गरेका छन् ।

उत्तरी बेलायतको योर्कसायरमा बस्दै आएका क्याप्टेन टम मुरले बगैँचालाई वाकरको सहायताले एक सय फन्को मारेर एक हजार पाउन्ड चन्दा सङ्कलन गरेको छन् ।

उक्त रकम उनल आफ्नो उपचारमा संलग्न बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका नर्सलगायत कर्मचारीलाई दिने बताएका छन् ।

सङ्कलन गरेको यो रकम राष्ट्रिय स्वास्थ्य सेवाका विभिन्न एक सय ५० वटा च्यारिटीमा हस्तान्तरण गरिने जनाइएको छ । मुर दोस्रो विश्वयुद्धका योर्कसायर रेजिमेन्टका क्याप्टेन हुन् । उनको छातीभरि विभूषण तथा पदक छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : २० बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र