लकडाउन खुकुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समितिको निष्कर्ष « Khabarhub

लकडाउन खुकुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समितिको निष्कर्ष


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।

देश तत्काल कोरोना संक्रमणको जोखिमबाट मुक्त भइनसकेको निश्कर्ष रहेको समितिका एक सदस्यले बताए ।

शनिवार बसेको समितिको र्बैठकमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिने बारे छलफल भएको उनले बताए ।

वैशाख १५ गते लकडाउनको अवधि सकिनु अघि बस्ने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्ने छ ।

समितिले आन्तरिक तथा वाह्य हवाई उडानमा लगाइएको रोक भने जेठको २ गतेसम्म बढाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालीटी बारे छलफल गरेर सिफारिस गर्न समितिलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : २२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम