भूकम्पमा ८२ घण्टापछि जीवितै भेटिएका खनालको पीडा : अहिले मर्नू न बाँच्नू भयो « Khabarhub

भूकम्पमा ८२ घण्टापछि जीवितै भेटिएका खनालको पीडा : अहिले मर्नू न बाँच्नू भयो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- भूमिकास्थान नगरपालिका १ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ ।

काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो तर माथिल्लो चार तला कायमै थियो । विसं २०७२ को गोरखा भूकम्पमा ८२ घण्टापछि भेटिएका खनालको जीवितै उद्धार गरिएको थियो । सशस्त्र प्रहरी, फ्रान्सेली तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरिएको थियो । खनालले आफू बाँच्नका लागि पिसाबसमेत खाएका थिए ।

उनले भित्रबाट सानोसानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिंचेका थिए ।

ती अचम्मका युवक खनाल अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन् । विदेश गएर पैसा कमाउने र आफ्नो सुखी परिवार बनाउने सपना बोकेर उनी अर्घाखाँचीबाट काठमाडौँ गएका थिए ।

फर्कँदा देब्रे खुट्टा काटिएका उनले भने , “छोरो कसरी पढाउने भन्ने चिन्ता छ ।” गाउँकै अङ्ग्रेजी विद्यालयमा डेढ वर्ष पढाए पनि छोराको शुल्क तिर्न नसकेर सामुदायिक विद्यालयमा पढाउनुपरेको घाइते खनालकी पत्नी कविता बताउँछन् ।

उनले भूकम्पमा परेर अङ्गभङ्ग भएका साथीहरुसँगै मिलेर आफूले पनि कुनै सीप सिकेर जीविकोपार्जन गर्ने चाहना व्यक्त गरे ।

काठमाडौँमा विभिन्न संघसस्थाले निःशुल्क सीपमूलक तालीम दिने बताए पनि आफूले अहिलेसम्म कुनै अवसर नपाएको उनले बताए ।
“म बाँचेकोभन्दा पनि पत्नी र छोराको भविष्य सोचेर चिन्तित छु । मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्ने, यही चिन्ता छ, म मर्नु न बाँच्नु पो भएँ त ”, उनले भने ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ४ : ०५ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर