चैत ४ गते दुबईबाट आएका थिए झापाका कोरोना संक्रमितका छोरा | Khabarhub Khabarhub

चैत ४ गते दुबईबाट आएका थिए झापाका कोरोना संक्रमितका छोरा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको दमकमा देखिएका कोरोना संक्रमित ६२ वर्षीय पुरुषको छोरा चैत ४ गते दुवईबाट नेपाल आएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित वृद्ध पुरुषका छोरा चैत ४ गते दुवईबाट नेपाल आएको खुलाएका हुन् ।

ती पुरुषका छोरासहित परिवारका तीन जनामा आरडीटी परीक्षण पोजेटिभ देखिको थियो । आरडीटी परीक्षणमा पोटेटिभ देखिएका तीनजना मध्ये ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

प्रवक्ता देवकोटाका अनुसार भरतपुर अस्पतालमा उपचारत कोरोना संक्रमित २७ वर्षीय पुरुषको पनि आज ८ औं दिनमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका अनुसार ती युवालाई पनि अस्पतालले आज डिस्चार्जको तयारी गरेको छ ।

हाल देशभरका अनुसार हालसम्म संक्रमितको संख्या ४९ रहेको छ भने १२ जना निको भएर घर फर्किसकेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ९ हजार ६ सय ६६ वटा परीक्षण गरिएको छ भने र्‍यापिड डाइग्रोष्टिक टेष्ट (आरडीटी) बाट हालसम्म ४९ हजार ६ सय ७० वटा परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा मात्र एक हजार ९ सय ४५ वटा नमूना परीक्षण भएको छ । हाल देशभर १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै देशभरका अस्पतालको आइसोलेसनमा ८७ जना रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ४ : ४० बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।