लकडाउन एक हप्ता थप गर्न सिफारिस « Khabarhub

लकडाउन एक हप्ता थप गर्न सिफारिस


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

यसअघि आजै बसेको उच्चस्तरीय समितिको बैठकले समेत लकडाउन खोल्न उपयुक्त अवस्था नबनेको निष्कर्ष निकालेको थियो । बैठकले आन्तरिक तथा वाह्य हवाई उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कार्यदलले पनि नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता थप गर्न सिफारिस गरेको हो ।

कार्यदलमा केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

काठमाडौं पोखराजस्ता संक्रमणका नदेखिएका मुख्य क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाउने प्रस्ताव आएको भएपनि निर्णय भने भइनसकेको एक सदस्यले बताए ।

आइतबार(भोलि) बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसका आधारमा लकडाउन बढाउने, नबढाउने वा खुकुलो बनाउने बारे निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ३६ बजे

 पासो थापेर वन्यजन्तुको चोरीसिकार

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश

बलिउडमा काम माग्दै शरद कपुरको अपिल, सहयोगमा उत्रिए सलमान र सोनु सूद

काठमाडौं– एक समय बलिउडका चर्चित फिल्ममा खलनायक बनेर दर्शकमाझ छाएका

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर

भक्तपुर– गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका