अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री « Khabarhub

अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने बताएका छन् ।

उनले विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका कारण स्थिति सामान्य भएको तीन साताबाट मात्रै परीक्षाहरु गराउँने बताए ।

शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले भने ,‘विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ ।’

आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए ।

आइबारको मन्त्रिपरिषद्ले लकडाउन बढाउने वा खुकुलो बनाउने निर्णय गर्ने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कार्यदलले तत्काल लकडाउन खोल्न नहुने राय दिएका छन् । कार्यदलले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

लकडाउनका कारण एसईई र अन्य परीक्षाहरु प्रभावित बनेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : ३१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा