दैलेखमा ७२२ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ « Khabarhub

दैलेखमा ७२२ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ ।

सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो ।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । महाबु –५ वडाका गरीब, असहाय र विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताए ।

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार पाँच सयभन्दा बढी भएपछि आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।

आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए । सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ४० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम