क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ | Khabarhub Khabarhub

क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ ।

उनीहरुलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए ।

रुपन्देहीको भैरहवास्थित नीमा–प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदूरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो ।

नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।

उनीहरुलाई गत चैत १८ गते नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो ।

स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भने, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन ।”

सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुई पटक नास्ता र बिहानसाँझ खानाको व्यवस्थासहित व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाकोे टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए ।

यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ । शुक्रबार सांँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप १ १२ नेपाली स्वदेश फर्केका छन् । अन्य आउने क्रम जारी छ ।

उनीहरु २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए । भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडिटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बतए ।

क्वारेन्टाइनमा रहेका सबैलाई एकै पटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपालआउने अनुमति दिइएको छ । यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना छन् । मार्च ३० पछि क्वारेन्टाइनमा आएकाहरुलाई अहिले अनुमति नदिएको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ०३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने