प्रधानमन्त्रीको सक्रियता बढ्यो, प्रचण्डसहितका चार नेतासँग छुट्टाछुट्टै वार्ता « Khabarhub

प्रधानमन्त्रीको सक्रियता बढ्यो, प्रचण्डसहितका चार नेतासँग छुट्टाछुट्टै वार्ता


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्को आलोचनापछि सोमबार जारी गरिएका अध्यादेश शुक्रवार फिर्ता लिएसँगै प्रधानमन्त्री कपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार(आज) पार्टी सचिवालयका नेताहरुसँग भेटघाट गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, वामदेव गौतम तथा महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेको नेकपा स्रोतले जानकारी दियो. ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसहित लकडाउन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीको चौतफी आलोचना भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले नै अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए भने स्थायी समितिका २० नेताले दुई अध्यक्षलाई सम्बोधन गर्दै बैठक बसाल्न माग गरेका थिए ।

त्यस्तै भैसेपाटीमा नेकपाका सचिवालय सदस्यहरुको छुट्टै बैठकसमेत बसेको थियो । जसमा प्रचण्ड, नेपाल, गौतम, पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो । बैठकले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेसँगै नेकपामा विवाद थप चर्किएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले अध्यादेश फिर्ता लिन दवाब दिएका थिए । त्यसपछि सरकारले शुक्रवार नै अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । र राष्ट्रपतिले पनि अध्यादेश फिर्ता गरेकी छिन् ।

अध्यादेश फिर्ता भएको भएपनि नेकपा भित्रको विवाद भने मिलेको छैन ।

प्रचण्ड नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन जोड गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ०० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा