नेपालबाट भारत गएका दुई जनामा कोरोना देखिएपछि बर्दियाका 'दुई गाउँ सील' | Khabarhub Khabarhub

नेपालबाट भारत गएका दुई जनामा कोरोना देखिएपछि बर्दियाका ‘दुई गाउँ सील’


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया – भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता अपनाइएको छ ।

सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको छ।

बर्दियाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए।

केही हप्तादेखि नेपाल-भारत सीमानाका बन्द भएको भए पनि उनीहरू लुकिछिपी भारत गएको हुन सक्ने बर्दियाका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ।

नेपालबाट भारत फर्किएपछि उनीहरूको बहराइचस्थित स्थानीय अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको भन्दै भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् जानकारी गराएको हो।

बर्दियाका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भने, “बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहाले भारतीय प्रहरीले पठाएको पत्र बुझेको छ।”

सम्भावित सङ्क्रमित व्यक्ति भएको भन्दै रोग फैलिन नदिन बर्दियाको सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उक्त जानकारीका आधारमा ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : २४ बजे

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

बेलबारी– जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती

रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

त्रिवेणी– रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको

मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर 

मोरोक्को– सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका

बुद्धिमानी महिलाका पाँच लक्षण

काठमाडौं– उच्च बौद्धिक अन्तर्मुखीहरूमा प्रायः विशिष्ट गुणहरू हुन्छन्, जसले तिनीहरूलाई

राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी