कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द « Khabarhub

कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई बन्द गरेको छ ।

काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण मागेर सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको हो ।

गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा कोरोना संक्रमणको विषयमा समाजमा अपवाह फैलाउने अनलाइनहरु बिना दर्ता तथा काउन्सिलको बिना अनुमति नै भेटिएपछि बन्द गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार नेपालभित्र प्रसारण तथा प्रकाशन बन्द गरिएका अनलाईनहरुले कोरोनाबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, लकडाउन खुलेको लगायत भ्रामक समाचार सम्प्रेषण गरेको जनाएको छ ।

पत्रकार आचारसंहिता नै नबुझि समाजमा भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुको अनुगमन गरी काउन्सिलले कारबाही गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

काउन्सिलले पत्रकार आचारसंहिता विपरित काम गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी समेत दिएको जानकारी दिएको छ ।

कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याउने कामलाई निरन्तरता दिइएको काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ५३ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,