संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय « Khabarhub

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान संशोधन कार्यदल गठन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एकल सरकार भएको बेला १०० दिनभित्रमा संविधान संशोधनको बहसपत्र तयार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो।

त्यसैअनुरूप प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेलका अनुसार उनको संयोजकत्वमा सबै सबै दललाई सहभागी गराएर राष्ट्रिय सहमतिको कार्यदल गठन गरिने भएको छ ।

उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : १९ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को