इन्डोनेसियामा अलपत्र नेपाली चेलीको भारतले गर्‍यो उद्दार (भिडियोसहित) « Khabarhub

इन्डोनेसियामा अलपत्र नेपाली चेलीको भारतले गर्‍यो उद्दार (भिडियोसहित)


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पढाइको सिलसिलामा भारत हुँदै इन्डोनेसिया पुगेकी नेपाली चेलीको भारतले उद्दार गरेको छ ।

हरियाणमा बीबीए पढ्दै गरेकी उनी तीन महिनाका लागि ‘एक्सेन्ज प्रोग्राम’का सिलसिलामा इन्डोनेसियास्थित एक विश्वविद्यालयमा पढ्न पुगेकी थिइन् ।

उनी इन्डोनेसिया पुगेको केही समयपछि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउन लागूभएसँगै उनी इन्डोनेसियामै रोकिएकी थिइन् ।

यो अवस्थामा इन्डोनेसियाबाट फर्किन निकै समस्या भएको उनले बताएकी थिइन । यसबीच भारतले त्यहाँ रहेका भारतीयहरुको उद्दारका लागि चार्टर्ड विमानको व्यवस्था गरेको थियो । सोही बिमानमा भारतीय दूतावसको प्रत्यक्ष सहयोगमा आफ्नो पनि उद्दार गरिएको उनले बताएकी छिन् ।

उनले आफ्नो नाम सेविका ढकाल भएको र स्थायी घर रत्ननगर–९ चितवन भएको बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्–‘यो अवस्थामा म नेपाली भएको हुँदो मेरो उद्दार हुने सम्भावना कम थियो, किनकी भारतीयहरुलाई उद्दारका लागि फ्लाइट व्यवस्था थियो । तर पनि दूतावासको पहलमा म आउन सफल भएँ । भारतीय दूतावासलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले हुँदा आफू इन्डोनेसियाबाट फर्किन सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।

उनले यो विषम परिस्थितिमा हिम्मत नहारी सुरक्षित रहन समेत सबैलाई सुझाव दिएकी छिन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १२ : ०० बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी