एसईई परीक्षार्थीलाई प्रधानमन्त्रीको आश्वासन : शैक्षिक वर्ष खेर जाँदैन « Khabarhub

एसईई परीक्षार्थीलाई प्रधानमन्त्रीको आश्वासन : शैक्षिक वर्ष खेर जाँदैन


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) का विषयमा छिटै आवश्यक प्रबन्ध मिलाउने बताएका छन् ।

सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एसईईका परीक्षार्थी विद्यार्थीहरूको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिटै आवश्यक प्रबन्ध मिलाउने छ ।’

कस्तो प्रबन्ध मिलाउने भन्ने विषयमा प्रधानमन्त्रीले थप प्रष्ट पारेका छैनन् । उनले एसईई सञ्चालन हुनुभन्दा दुई दिनअगाडि स्थगित गर्नु पर्दा लाखौँ विद्यार्थी अहिले अन्योलमा रहेको र तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि नरहेको बताएका छन् ।

शिक्षा क्षेत्रका विज्ञहरूले विद्यालयले गरेको अन्तिम परीक्षाका आधारमा यस वर्षको एसईई मूल्यांकन गर्न सरकारलाई सुझाब दिँदै आएका छन् । कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम कक्षा मानिएको हुँदा एसईईका नाममा राष्ट्रिय स्तरको परीक्षा आवश्यक नपर्ने कतिपय शिक्षाविद्को तर्क छ ।

शिक्षा मन्त्रालयले भने कानुनी अड्चनको कुरा गर्दै आएको छ । कक्षा १० को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्रीले सोमबार गरेको सम्बोधनले एसईई परीक्षासम्बन्धी कानुन परिमार्जनको संकेत गरेको छ ।

निर्धारित तालिकाअनुसार परीक्षा भएको भए यतिबेला नतिजाको तयारी भइरहेको हुने थियो । सामान्यतया एसईईको नतिजा जेठको अन्तिमा सातामा प्रकाशित हुने र कक्षा ११ को पढाइ साउनमै सुरु हुने गरेको थियो ।

प्रधानमन्त्रीले आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’ को समेत प्रयोग गरी सबै विद्यालयहरूमा नयाँ शैक्षिक वर्षको अन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाउने पनि बताएका छन् ।

विद्यालयमा चालु शैक्षिक वर्षको दुई महिना बित्न लागेको छ तर लकडाउनका कारण सबै विद्यालय बन्द छन् । लकडाउन खुल्ने नै अनिश्चित रहेको अवस्थामा विद्यालय कहिले खुल्छन् भन्ने केही टुङ्गो छैन ।

केही निजी विद्यालयहरूले अनलाइन कक्षा सुरु गरेका भए पनि शिक्षा मन्त्रालयले त्यसलाई मान्यता नदिने भनेको छ । मन्त्रालयले अनलाइन कक्षाबापत शुल्क लिन पनि रोक लगाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल