नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह | Khabarhub Khabarhub

नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ ।

बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।

केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोट काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्ने गरी व्यवस्था गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको स्पष्ट पार्दै संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने रहेको जनाएको छ ।

कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भैरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो सङ्ख्याका नोटलाई जलानमा नलगी पुनः बजारमा लैजान सहयोग पु¥याउनु नै रहेको बैंकले थप प्रष्ट पारेको छ । सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमा रहेको साविकको व्यवस्थालाई थप प्रष्ट मात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा नहुने बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पु¥याउने, सफा नोटको प्रयोगलाई वढावा दिने र यी संस्थाहरुले एटिएम मेशिनमा राख्न मिल्ने नोटलाई हरियो रङ्गको फरक स्लिप लगाउनुपर्ने नयाँ व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले एटिएमलगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गका स्लिप प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने र नोटमा स्टिचको प्रयोग नगर्न भनिएको छ । त्यसमा आवश्यकतानुसार रबर/प्लाष्टिक जस्ता सामग्री प्रयोग गर्न तथा नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । त्यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको नोट नचलाउने भनिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : २७ बजे

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र