युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक « Khabarhub

युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरको सहज जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्रिक गरे । सेफिल्डविरुद्ध सातौं मिनेटमा मार्सियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा युनाइटेड २-० ले अघि रह्यो । खेलको ७४ औं मिनेटमा मार्सियलले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

मार्सियलको यो सिनियर टिमका लागि पहिलो ह्याट्रिक समेत हो । सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ०८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि