युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक | Khabarhub Khabarhub

युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरको सहज जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्रिक गरे । सेफिल्डविरुद्ध सातौं मिनेटमा मार्सियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा युनाइटेड २-० ले अघि रह्यो । खेलको ७४ औं मिनेटमा मार्सियलले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

मार्सियलको यो सिनियर टिमका लागि पहिलो ह्याट्रिक समेत हो । सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ०८ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार