उपाधि नजिक लिभरपुल | Khabarhub Khabarhub

उपाधि नजिक लिभरपुल


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जीत हात पारेको छ । बुधबार राति लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा पाहुना टोली क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै लिभरपुल उपाधिबाट दुई अंकले मात्रै पछि रहेको छ । पछिल्लो ३० वर्षमा लिगको उपाधि उचाल्न नसकेको लिभरपुल यो सिजनमा विजेता बन्ने लगभग पक्का भइसकेको छ ।

क्रिस्टलविरुद्धको खेलमा ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्ड, मोहम्मद सलाह, फाविन्हो, सदियो मानेले समान एक–एक गोल गरेका थिए ।

क्रिस्टलविरुद्ध अर्नोल्डले २३, सलाहले ४४ औं मिनेटमा गोल गर्दै खेलको पहिलो हाफमा २–० गोलको अग्रता बनाउँदै टिमलाई सहज स्थितिमा पुर्‍याएका थिए ।

यस्तै, खेलको दोस्रो हाफको १० औं मिनेट अर्थात् खेलको ५५ औं मिनेटमा फाविन्होले टिमका लागि तेस्रो गोल गरेका थिए भने मानेले ६९ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै लिभपुलले ३१ खेलबाट ८६ अंक जोडेको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ ।

दर्शकविना खेल्दा पनि आफ्ना खेलाडीले समर्थक रंगशालामा भएजस्तै जोशका साथ खेलेको लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ०२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई