६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार « Khabarhub

६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार

काठमाडौँ र भरतपुरले बढाए अरूले घटाए


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा बजेट बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

सबैभन्दा धरै बजेट काठमाडौँ महानगरको छ । सबैभन्दा कम विराटनगरको छ ।

चालु आर्थिक वर्षको तुलनामा काठमाडौँ र भरतपुर महानगरपालिकाले बजेट बढाएका छन् । महानगरपालिकाहरू ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरले घटाएका छन् ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकाले २३ दशमलव २२ प्रतिशत बजेट बढाएको छ भने सबैभन्दा बढी विराटनगर महानगरले ३४ दशमलव ०६ प्रतिशत घटाएको छ ।

आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यो बजेट ५ दशमलव ९३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पेश भएको थियो ।

काठमाडौँले ९२ करोड ३ लाख १४ हजार रुपैयाँ बढाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँकोे बजेट पेस गरेको छ ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ७८ करोड ३२ लाख ८३ हजार रुपैयाँ अर्थात २३ ७ दशमलव २२ प्रतिशत बढी हो ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा २३ दशमलव २२ प्रतिशत घटाएर आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षका लागि ७ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश भएको थियो ।

पोखराले ८० करोड ८२ लाख २२ हजार रुपैयाँ घटाएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ९ दशमलव ८३ प्रतिशत अर्थात ५२ करोड २७ लाख ९४ हजार ४८५ रुपैयाँ कम हो ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३३५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा १३ दशमलव ७४ प्रतिशत अर्थात ६१ करोड ६१ लाख ५८ लाख ५४४ रुपैयाँ कम हो ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३४ दशमलव ०६ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ४९ लाख ८० हजार रुपैयाँ कम हो ।

विराटनगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट पेश गरेको थियो ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारणले बजेटको आकार घटेको महानगरले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण चालु आर्थिक वर्षमा अनुमान गरेभन्दा ४८ दशमलव २७ प्रतिशत कम भई २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको विराटनगरले जनाएको छ ।

लकडाउनकै कारण चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४४९ रुपैयाँ मात्रै खर्च हुन सक्यो ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आफ्नो सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ०२ बजे

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि