६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार | Khabarhub Khabarhub

६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार

काठमाडौँ र भरतपुरले बढाए अरूले घटाए


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा बजेट बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

सबैभन्दा धरै बजेट काठमाडौँ महानगरको छ । सबैभन्दा कम विराटनगरको छ ।

चालु आर्थिक वर्षको तुलनामा काठमाडौँ र भरतपुर महानगरपालिकाले बजेट बढाएका छन् । महानगरपालिकाहरू ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरले घटाएका छन् ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकाले २३ दशमलव २२ प्रतिशत बजेट बढाएको छ भने सबैभन्दा बढी विराटनगर महानगरले ३४ दशमलव ०६ प्रतिशत घटाएको छ ।

आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यो बजेट ५ दशमलव ९३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पेश भएको थियो ।

काठमाडौँले ९२ करोड ३ लाख १४ हजार रुपैयाँ बढाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँकोे बजेट पेस गरेको छ ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ७८ करोड ३२ लाख ८३ हजार रुपैयाँ अर्थात २३ ७ दशमलव २२ प्रतिशत बढी हो ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा २३ दशमलव २२ प्रतिशत घटाएर आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षका लागि ७ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश भएको थियो ।

पोखराले ८० करोड ८२ लाख २२ हजार रुपैयाँ घटाएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ९ दशमलव ८३ प्रतिशत अर्थात ५२ करोड २७ लाख ९४ हजार ४८५ रुपैयाँ कम हो ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३३५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा १३ दशमलव ७४ प्रतिशत अर्थात ६१ करोड ६१ लाख ५८ लाख ५४४ रुपैयाँ कम हो ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३४ दशमलव ०६ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ४९ लाख ८० हजार रुपैयाँ कम हो ।

विराटनगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट पेश गरेको थियो ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारणले बजेटको आकार घटेको महानगरले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण चालु आर्थिक वर्षमा अनुमान गरेभन्दा ४८ दशमलव २७ प्रतिशत कम भई २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको विराटनगरले जनाएको छ ।

लकडाउनकै कारण चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४४९ रुपैयाँ मात्रै खर्च हुन सक्यो ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आफ्नो सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ०२ बजे

बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

मान्म– कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको

कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क

कास्की– कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित

एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह- एकजुट भएर अगाडि बढ्नू

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई

कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले