अपडेट : सप्तरीमा चट्याङ लागेर चारको मृत्यु « Khabarhub

अपडेट : सप्तरीमा चट्याङ लागेर चारको मृत्यु


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका-२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका-३ का  १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ४७ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६