विदेशमा रहेका नेपालीलाई राजेश हमालको यस्तो सन्देश « Khabarhub

विदेशमा रहेका नेपालीलाई राजेश हमालको यस्तो सन्देश


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले भिडियो सन्देशमार्फत विदेशमा रहेका नेपालीलाई आफ्नै घर (नेपाल) आउन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै स्वदेश फर्किएका आप्रवासी कामदारको पक्षमा आवाज उठाएका छन् । उनले भिडियोमार्फत भनेका छन्, ‘यो ऐक्यबद्धताका लागि जुट्ने समय हो, आउनुस् ।’

विदेशमा रहेका नेपालीलाई यहाँका नेपालीले नमस्कार गर्दै स्वागत गर्न पनि हमालले आह्वान गरेका छन् । ‘हरेक दिन हजारौं हजार हाम्रा नेपाली दाजुभाइ दिदीबैनीहरु आफ्नो घर फर्किँदैछन्, उहाँहरुलाई न्यायो स्वागत गरौं नमस्तेका साथ,’ हमाल आग्रह गर्छन् ।

कोरोना भाइरसको महामारीसँगै विदेशमा अलपत्र रहेका नेपालीलाई आफ्नो देशमा फर्काउन सरकारले पनि पहल थालेको छ । उनले समाजले पनि सम्मानका साथ विदेशबाट आएका नेपालीलाई सम्मान गर्नुपर्ने आशयको भिडियो शेयर गरेका छन् ।

‘बाटो हेरेर पर्खेर बसेका छौं हामी यहाँ, आउनुस् अब घर पर्दैन जान यहाँ त्यहाँ,’ हमालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ३५ बजे

देउवा पक्षका आठबुँदे प्रस्ताव पालना गरेको गगनको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को