शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक « Khabarhub

शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियलमीले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक गरेको छ ।

यो स्मार्ट फोन रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजको नयाँ फोन भएको कम्पनीले बताएको छ । यो फोनको प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेरालाई निकै अब्बल मानिएको कम्पनीको भनाइ छ ।

रियालमी सी३ मा ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ । रू. १६ हजार ९९० रूपैयाँमा उपलब्ध हुने यो फोन ब्लेजिङ रेड र फ्रोजन ब्लू रङमा उपलब्ध हुने कम्पनीले बताएको छ । देशभरका सबै अफलाइन आउटलेटहरुमा बुधवारबाटै यो फोन उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

ट्रिपल क्यामेरा गेम मोनिस्टर–रियलमी सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ, जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्ने यो फोनको प्रयोगकर्ता विश्वभर १ करोड रहेको कम्पनीको दाबी छ ।

रियलमी सी३ मा ठूलो ५००० एमएएच ब्याट्री छ । रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित पहिलो स्मार्ट फोन भएको कम्पनीको भनाइ छ ।

 

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ३ : ०४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको