ओली-प्रचण्डबीच छलफल | Khabarhub Khabarhub

ओली-प्रचण्डबीच छलफल


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थायी कमिटी बैठकमा एकअर्काप्रति कटाक्ष गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ ।

बुधबार बैठकको पहिलो दिन ओली र दाहालले सरकार र पार्टीको कामकारबाहीलाई लिएर एक अर्काप्रति असन्तुष्टि र आक्रोश पोखेका थिए ।

त्यसपछि शुक्रबारसम्म बैठक स्थगित गरेका उनीहरूबीच बिहीबार छलफल भएको हो । उनीहरूबीच बैठक सञ्चालनका विषयमा छलफल भएको एक नेताले बताए ।

स्थायी कमिटी बैठकमा छलफलका लागि सात एजेण्डा तय भएका छन् ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’