भारतमा फेरि ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

भारतमा फेरि ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा फेरि पनि ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ५० हजार १०७ संक्रमणमुक्त भएका छन् भने ४ लाख ५५ हजार ५०९ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको ३१ हजार ४०६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : २९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित