वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, सबै व्यक्तिको कोरोना परीक्षण गर्नु पर्ने महानगरको माग « Khabarhub

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, सबै व्यक्तिको कोरोना परीक्षण गर्नु पर्ने महानगरको माग


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज  बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ ।

वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको मेयर सरावगीले जानकारी दिए । ५७ जना संक्रमित उपचारको क्रममा छन्।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ । ‘अब घरघरको टेष्ट नगरे उपाय छैन, समुदायस्तरमा संक्रमण देखिइसको, तत्काल सबै घरलाई घरमै आइसोलेसनमा राखौँ, नत्र अबस्था भयावह हुन्छ,’ सरावगीले खबरहबसँग भने ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ४४ बजे

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक