वर्षाका कारण तरकारी आयातमा समस्या, स्थानीय उत्पादनले नधान्दा महंगियो तरकारी | Khabarhub Khabarhub

वर्षाका कारण तरकारी आयातमा समस्या, स्थानीय उत्पादनले नधान्दा महंगियो तरकारी

एक महिनामै तेब्बरले बढ्यो मूल्य



काठमाडौं – यति बेला तरकारीको मूल्य बढेको छ । वर्षादको समय तरकारीको उत्पादन कम हुने तथा उत्पादित तरकारीलाई बजारसम्म ल्याउन यातायात व्यवस्थापनमा अवरोध हुँदा तरकारीको मूल्य बढेको हो ।

विशेषगरी उपभोक्ताले बढी उपभोग गर्ने र अपत पनि हुने तरकारी मध्ये आलु पर्छ । आलुको मूल्य अहिले निकै बढेको छ । करिब एकसाताअघि एकसय २० रुपैँया धार्नी पर्ने आलु अहिले १ सय ८० रुपैँया पुगेको छ ।

हरेक वर्ष यस समय तरकारीको मूल्य बढ्ने कालामाटी फलफुल तथा बजार विकास समितिले जनाएको छ ।

‘स्थानीय स्तरमा नै आलुको उत्पादनमा कमी आएको छ खासगरी मुडे र पालुङको आलु कालीमाटीमा भित्रिरहेको छ’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘भारतबाट आउने आलु केही दिनदेखि बाटोमै ठप्प भएको छ ।’

निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गका सडकहरु अवरुद्ध भएकाले भारतबाट तरकारी आउन नसकेको उनले बताए ।

‘केही दिनअघि बाटोमै अड्एिका तरकारी कालीमाटी आइपुग्यो भने भारतबाटै आउनुपर्ने तरकारी अहिले ल्याउन सक्ने अवस्था छैन ।’

तरकारीको मूल्य घट्नका लागि वर्षामा निर्भर रहनु पर्ने अवस्था छ । वर्षा रोकिएमा सबैतिरबाट कालीमाटीमा तरकारी भित्रने र तरकारीको मूल्य ओरालो लाग्ने उनले भनाइ छ ।

तरकारीको खपत बढ्न सकेन

सामान्य दिनमा दैनिक ८ सय टन तरकारीको खपत हुने काठमाडौंमा अहिले ५ सय टन खपत हुन मुस्किल भएको छ ।

कोरोना भाइरस रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउनमा करिब ४ महिनासम्म कालीमाटीमा ४ सय टनसम्म तरकारी भित्रिएको थियो ।

तर अहिले लकडाउन खुकुलो भएपनि तरकारीको खपत भने बढ्न सकेको छैन ।

लकडाउन भएदेखि तरकारीको खपत बढ्न सकेको छैन’ सुचना अधिकारी श्रेष्ठले खबरहबसँग भने, ‘विगतका वर्षहरुमा यो सिजनमा पनि ८ सय टनसम्म तरकारी भित्रिन्थ्यो तर अहिले ४ सयदेखि ५ सयटनमा खुम्चिएको छ ।’

मूल्य वृद्धि भएका तरकारी

बजारमा अत्याधिक मात्रामा खपत हुने तरकारीको रुपमा रहेको आलुको मूल्य निरन्तर उकालो लागेको छ । करिब एक महिनाको अवधिमा आलुको मूल्य ९७ दशमलव १४ प्रतिशतले बढेको छ ।

समितिको तथ्याङ्कअनुसार गत असार १० गते प्रतिकेजी ३५ रुपैयाँ रहेको आलुको मूल्य साउन १० गते प्रतिकेजी ६९ रुपैयाँ रहेको छ ।

त्यस्तै एकमहिना अघि प्रतिकेजी १२ रुपैयाँ रहेको बन्दा २१६ दशमलव ६७ प्रतिशतले बढेर ३८ रुपैयाँ पुगेको छ । काउली पनि एकमहिना अघि ३३ रुपैयाँ किलो रहेको थियो तर अहिले २४८ दशमलव ४८ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ पुगेको छ ।

प्रतिशतमा तुलना गर्दा प्राय सबै तरकारी पाँच गुँनासम्म बढेको पाइन्छ ।

मुला ४१६ दशमलव ६७, भन्टा २५४ दशमलव ५५ प्रतिशत, सिमी १३६ दशमलव ३६ प्रतिशत, हरियो साग १३२ देखि १९५ दशमलव ४५ प्रतिशत, च्याऊ ५० प्रतिशत, गोलभेँडा ५५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै हरियो खुर्सानी ४२७ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तो छ आजको मूल्य सुची

शनिवार कालीमाटी बजारमा गोलभेँडा प्रतिकेजी ३०, रातो आलु प्रतिकेजी ७०, मुडेको आलु प्रतिकेजी ६०, सुकेको प्याज प्रतिकेजी ३३, गाजर प्रतिकेजी ६०, काउली प्रतिकेजी १ सय २० रुपैयाँ रहेको छ ।

त्यस्तै मुला प्रतिकेजी ६५, भन्टा प्रतिकेजी ८०, बोडी प्रतिकेजी ८०, भटमासकोशा प्रतिकेजी १ सय २०, तितेकरेला प्रतिकेजी ३०, परवर प्रतिकेजी १ सय १०, घिरौला प्रतिकेजी ६०, भिण्डी प्रतिकेजी १ सय १०, च्याऊ (कन्य) प्रतिकेजी २ सय र डल्ले च्याऊ ४ सय ५० रुपैयाँ छ ।

त्यसैगरी रायो, पालुगो, चमासुर लगायतका हरियो सागपात प्रतिकेजी ७०, खुर्सानी हरियो प्रतिकेजी ९५ रुपैयाँ छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ११ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर