पहिरोमा हराएका बालकको खोजी जारी « Khabarhub

पहिरोमा हराएका बालकको खोजी जारी


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ ।

नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताए ।

सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । “पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्”, उनले भने ।

शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ । आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ११ : ५६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित