फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य « Khabarhub

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ ।

प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने जानकारी दिए ।

सीमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उनको भनाई छ ।
उनका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो ।

फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन् ।

उनले भने, “ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ ।”

सीमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उनले जानकारी दिए ।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म ३० हजार १९२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ०३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित