यूरोपमा कोरोनाको महामारी बढेको भन्दै डब्लुएचओको चिन्ता « Khabarhub

यूरोपमा कोरोनाको महामारी बढेको भन्दै डब्लुएचओको चिन्ता


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ। डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउँदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ।

गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ। यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भएपनि ती मुलुकहरूमा पछिल्लो समयमा सङ्क्रमण घट्दो क्रममा रहेको देखिन्छ। यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन।

पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सवैभन्दा बढी ग्रसित भएको छ। त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन्।

डब्लुएचओका एक अधिकारीले भने, ‘पछिल्लो समय कतिपय देशहरुमा सङ्क्रमितहरुको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ।’ गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना सङ्क्रमितहरु थपिने गरेका छन्।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : १२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना