गूगल म्यासेजमै ईमोजीमार्फत रिएक्ट गर्न सकिने « Khabarhub

गूगल म्यासेजमै ईमोजीमार्फत रिएक्ट गर्न सकिने


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गूगल म्यासेजमा आएको म्यासेजमा अब प्रयोगकर्ताले रिएक्ट मात्रै पनि गर्न सक्ने भएका छन् । कसैले म्यासेज पठाएको अवस्थामा उक्त म्यासेजमा क्लिक गरि म्यासेज अनुसारको रिएक्ट गर्न सकिने फिचर गूगलले ल्याएको हो ।

यो सुविधा यसअघि फेसबुक म्यासेञ्जर र इन्स्टाग्रामको डाइरेक्ट म्यासेज (डीएम) मा उपलब्ध रहेको थियो । अब भने यो फिचर गूगलले पनि प्रयोगमा ल्याएको हो ।

यससँगै गूगल म्यासेज प्रयोगकर्ताले साथीभाइले पठाएको म्यासेजमा क्लिक गरी रिएक्ट गर्न सक्नेछन् । यो सेवा गूगलले पहिलो पटक गएको मे महिनामा परीक्षण गरेको थियो ।

अब भने यो सेवा विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताका लागि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यो सेवा प्रयोगका लागि गूगल म्यासेजको नयाँ भर्सन अपग्रेड तथा डाउनलोड गर्नुपर्ने हुन्छ ।

साथै नयाँ भर्सनमा ‘स्मार्ट रिप्लाई’ को सुविधा पनि उपलब्ध भएको छ । यसको अर्थ कसैले म्यासेज पठाएको खण्डमा उक्त म्यासेजसँग मिल्ने गरी गूगलले म्यासेज सजेस्ट समेत गर्नेछ ।

यदि सजेस्ट भएको म्यासेज तपाईंको लागि सान्दर्भिक भएको खण्डमा त्यसमा क्लिक गरि सहजै रिप्लाईको रुपमा पठाउन सकिन्छ छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४१ बजे

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज