भारतमा एकैदिन ४९ हजार जनामा संक्रमण पुष्टि « Khabarhub

भारतमा एकैदिन ४९ हजार जनामा संक्रमण पुष्टि


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना संक्रमितको संख्या शनिबारसम्म १३ लाख ३६ हजार आठ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार नौ सय १६ जनामा कोरोना पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

संक्रमितको संख्या बढे पनि निको हुने पनि धेरै छन् । आठ लाख ४९ हजार चार सय ३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित भने चार लाख ५६ हजार ७१ जना छन् ।

हालसम्म भारतमा संक्रमणबाट ३१ हजार तीन सय ५८ जनाले ज्यान गुमाएका छन् ।

भारतको महाराष्ट्र राज्य संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ तीन लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तमिलनाडुमा एक लाख ९९ हजार सात सय ४९ र दिल्ली राज्यमा एक लाख २८ हजार तीन सय ८९ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४४ बजे

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा