आज थपिए १०९ कोरोना संक्रमित, १०६ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए १०९ कोरोना संक्रमित, १०६ डिस्चार्ज (विवरणसहित)


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

४ हजार ७५ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको झापाका एकजना र खोटाङका एकजना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, मकवानपुरमा एकजना, नवलपरासी पूर्वका एकजना, रौतहटका ३ जनतामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एकजना, ललितपुरका एकजना र अछामका एकजनामा कोरोला संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा बाराका २ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३ जना, कपिलवस्तुका ६ जना र पाल्पाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बाँकेका दुईजना, बर्दियाका २ जना, दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना र तनहुँका एक जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा अछामका दुइजना, कालीकोटका तीनजना, दैलेखका तीन जना, हुम्लाका एकजना, जाजरकोटका ६ जना, मुगुका दुई जना, सुर्खेतका११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका चारजना, डोटीका १३ जना र बैतडीका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १०६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा कोरोना निको भएर १०६ जना घर फर्किएका छन् । भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ५५ बजे

इरानको हवाई यातायात पुनः सञ्चालन

एजेन्सी– इजरायलले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो

झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९