आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित  « Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित 


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो। पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

यसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्। नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ५१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको