रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न « Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न भएकोे छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भए पनि यो वर्ष कोरोना महामारीको कारण ढिलाइ भएको हो ।

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष समयमै गर्न नसकिएकाे बताए ।

असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भए पनि कोभिड—१९ सङ्क्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिए पनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले बताए ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भए पनि उल्लेख्य सहभागिता रहेको थियो ।

पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : १७ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले