प्रधानन्यायाधीश राणालाई राजीनामा दिन संयोजक मिश्रको आग्रह « Khabarhub

प्रधानन्यायाधीश राणालाई राजीनामा दिन संयोजक मिश्रको आग्रह


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन्।

शनिबार ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै जबराको निर्णय विवादमा परेकाले मिश्रले राजीनामा दिन आग्रह गरेका हुन्।

‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुर्नस्थापित गर्न सहायक सिद्ध हुन्छ’ मिश्रले भने ‘तपाई असाध्यै विवादित हुनुभयो। तपाईले गरेका निर्णय शंकाको घेरामा छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन्।’

कार्यक्रममा साझा पार्टीका कार्यकर्ताले ‘त्रुटीपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : १४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको