शेर्पा सङ्घ युकेका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु | Khabarhub Khabarhub

शेर्पा सङ्घ युकेका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । – रासस

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ०२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा