विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म २ करोड ३८ लाख ६ हजार ७४९ संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार ३२८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ९५० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ८८ हजार ८४६ पुगेको छ । त्यसमध्ये ३९ लाख ४३ हजार ९६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३१ हजार ६१३ जनाको मृत्यु भएको छ । ६३ लाख ८३ हजार ९१० जना संक्रमित भएकोमा ५० लाख ७३ हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९० हजार ७१२ जनाको मृत्यु भएको छ । ५८ लाख १५ हजार १०३ जना संक्रमित भएकोमा ४३ लाख ९० हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ५१ जनाको ज्यान गएको छ भने ११ लाख ९९ हजार ९६१ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २५ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५४४ जनाको मृत्यु भएको छ । २७ हजार ४२३ जना संक्रमित भएकोमा २१ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ३४ बजे

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन