आज दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने « Khabarhub

आज दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज देशका केही भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमिक रूपमा पानी पर्न रोकिएर मौसम खुल्दै जाने छ । दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्ने उनको भनाइ छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै आज राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई  ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ३० बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म