भोजपुरका सीमा नाका १५ दिन बन्द « Khabarhub

भोजपुरका सीमा नाका १५ दिन बन्द


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै भोजपुरका सीमानाका मंगलबारदेखि १५ दिनलाई बन्द गरिएको छ ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा रहेका साना ठूला होटल पनि बन्द गर्ने निर्णय भएको  भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैठकले होल्डिङ सेन्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ ।

हेल्थ डेक्स र होल्डिङ सेन्टरलाई व्यवस्थित गर्न षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाले ७/७ लाख व्यवस्था गर्ने भएका छन् ।

भोजपुरको देउरालीमा रहेको क्वारेन्टिनलाई २० वेडको आइसोलेसन बनाइने भएको छ । पर्यटन सूचना केन्द्र टक्सारमा १६ वेड, जिल्ला अस्पतालमा १० वेडको र जिल्ला अस्पतालको बिरामी कुरुवा भवनमा १४ वेड क्षमताको आईसोलेशन वार्ड बनाउने पनि निर्णय गरिएको छ ।

यसअतिरिक्त प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरसहित ५ वेड क्षमताको उपचार केन्द्र बनाउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको सहायक प्रजिअ लुइटेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १२ : ३८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा