क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित « Khabarhub

क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनेको थियो ।

तर, कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि स्थगित भएको हो ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ ।

यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो ।

यस्तै, यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि भदौमै गर्ने भनेको साभारणसभा स्थगित गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १ : २९ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद