आइसोलेसनमा बसेका स्क्वास प्रशिक्षक थापा भन्छन्- संक्रमित भएपनि धेरै डराउनु पर्दैन तर सचेत रहौँ « Khabarhub

आइसोलेसनमा बसेका स्क्वास प्रशिक्षक थापा भन्छन्- संक्रमित भएपनि धेरै डराउनु पर्दैन तर सचेत रहौँ



काठमाडौं– ‘कोरोना संक्रमण पुष्टि भएको छ भन्दै पहिलो पटक स्वास्थ्य मन्त्रालयबाट फोन आउँदा केही खल्लो महसुस भएको थियो,’ १८ दिनदेखि आइसोलेसनमा रहेका स्क्वासका प्रशिक्षक हिरा थापाले भने ।

थापा सातदोबाटोस्थित स्क्वास एकेडेमीमै बसिरहँदा साउन २५ गते उनलाई कोरोना संक्रमण रहेको जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै उनले आफ्नो खानेकुरादेखि सुत्ने सबै सामग्री छुट्टै व्यवस्थापन गरे ।

एकेडेमीको माथिल्लो तलामा ठाउँ खाली थियो । उनले त्यहिँ छुट्टै बस्ने निर्णय गरे । थापा आत्तिएनन् । संक्रमण देखिपनि उनले आफूलाई कुनै लक्ष्यण नदेखिएका कारण नडाइकन सार्वजनिक रुपमै भनिदिए ‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।’

तर, कहाँबाट सर्यो भनेर भने थापाले जानकारी पाएनन् । त्यसअघि स्क्वासका उपाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

थापालाई कोरोना संक्रमण देखिएपछि उनको परिवारका सबै सदस्यको जाँच गरिएको थियो । तर, सबैको नतिजा नेगेटिभ आएको छ ।

थापालाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएपछि अभ्यास सुरु गरेका खेलहरु स्थगित गरिएको थियो । कोरोना संक्रमण भयो भन्न समेत डराइ रहेको अवस्थामा थापा आत्मविश्वासका साथ सार्वजनिक भएका थिए ।

अहिले पनि थापा कोरोना संक्रमण देखियो भन्दैमा लुक्नु पर्ने कारण नभएको बताउँछन् ।

‘सुरुमा कोरोना संक्रमणको जानकारी पाउँदा केही खल्लो लागेको थियो । तर, मैले असहज नमानिकन बसे । मसँग सम्पर्कमा आएका व्यक्तिहरु सुरक्षित रहुन भनेर नाम सार्वजनिक गरेको हुँ,’ थापा भन्छन्, ‘लागेपछि अरु मान्छेहरु पनि सुरक्षित रहुन भनेर भएपनि नाम सार्वजनिक गर्दा केही बिग्रदैन ।’

अहिले मान्छेहरु सामाजिक बहिस्कारमा पर्ने भन्दै कोरोना देखिएपनि नाम लुकाउने गरिरहेका छन् । तर, त्यसले समाजमा झन ठूलो रुप लिने थापाको बुझाइ छ ।

‘टोलमा घृणा गर्‍यो भनेर नाम लुकाउन थाले त्यसले झन ठूलो रुप लिन सक्छ । बच्चा र बृद्धरुले सुरक्षत रहनु पर्छ । आफुलाई लागिसकेपछि रोग लुकाउँदा अरु मान्छेहरुमा संक्रमण सर्न सक्छ,’ थापाले भने । उनले कोरोना संक्रमित भए पनि धेरै डराउनु पर्ने अवस्था नरहेको तर सचेत हुनुपर्ने अवस्था आएको बताए ।

गोरखाका स्थायी बासिन्दा थाप अहिले ५३ वर्षका भए । ५ दशक पुरा गरिसकेका थापा अहिले पनि खेलाडी बेलाकै जोशमा छन् । कोरोना भाइरसको संक्रमण पुष्टिपछि पनि उनी हरेक दिन कसरत गर्छ । बिहान र बेलुकामा कसरत गर्ने गरेका थापा आफुले यो रोगलाई कसरत गरेरै जित्ने आत्मविश्वासमा छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि के खाने कसरी खाने भन्ने प्रश्नको जवाफमा थापा भन्छन्, ‘मैले साधारण खाना खाइरहेको हुन्छु । बिहान फ्रेस भएपछि दुई गिलास तातो पानी पिउँछु । बोयल अण्डा, दुध लगायतका कुराहरु पनि खाइरहेको हुन्छु । बिहान र बेलुका कसरत गछु । तातो पानी पिउँछु । बेलुका खाना खाएपछि बेसार पानी पिउँछु ।’

परिवारसँगै बसिरहेका थापालाई तल्लो तलामा रहेको परिवारले नै खाना बनाएर दिने गरेको बताए ।

‘कोरोना लागेपछि खाना तलबाट बनेर आउँछ । भाडा आफैसँगै राखेको छु । खाना खाइसकेपछि भाडा आफै सफा गर्छु,’ थापाले भने । उनको कोरोना भाइरसको अन्तिम परीक्षण केहिदिनमै हुने भन्दै उनले पछिल्लो रिपोर्ट नेगेटिभ आए कोरोनामुक्त हुने बताए ।

विसं २०६० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा करार दरबन्दीमा प्रवेश पाएका थापा १७ वर्षसम्म लगातार राष्ट्रिय च्याम्पियन हुन् ।

स्क्वास खेलमा भने थापा २०४५ सालदेखि लागेका हुन् । यस्तै, पाकिस्तानमा भएको ९ औं सागमा ९ औं सागमा उनले नेपालका लागि कास्य पदक जिताएका थिए ।

यस्तै, मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपाली टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  २ : ०० बजे

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४