बलम्बु अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

बलम्बु अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमडौंको बसन्तपुरका एकजना कोरोना संक्रमति पुरुषको मृत्युभएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत ६६ वर्षका एक पुरुषको मृत्युभएको अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए ।

डा नेपालका अनुसार ती पुरुषले साउन २७ गते स्टार अस्पतालमा आफैले कोरोना परीक्षण गराएका थिए । उनको २९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ गते सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि गएका थिए ।

ती पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले उनलाई भदौं ५ गतेदेखि आइसीयुमा राखेर उपचार शुरु गरेको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन ।

ती पुरुषको मंगलबार बिहान ११ बजेर १७ मिनेटमा मृत्युभएको डा नेपालले बताए ।

‘हाम्रो अस्पतालमा काठमाडौंको बसन्तपुरका एकजना कोरोना संक्रमितको मृत्यु भयो,’ डा नेपालले भने, ‘उहाँ ६६ वर्षका पुरुष हुनुहुन्छ, उहाँको शव नेपाल आर्मीको सहयोगमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’

डा नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १४५ जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये १३ जना आइसीयु र २ जना भेन्टिलेटरमा छन् ।

अस्पतालमा रहेका सबै संक्रमतिहरुमा कोरोनाको लक्षण रहेको डा नेपालले जानकारी दिए ।

‘अहिले त हामीले लक्षण देखिएका कोरोना संक्रमतिलाई मात्र भर्ना लिने गरेका छौं,’ डा नेपालले भने, ‘हाम्रो अस्पतालमा अहिले १४५ जना संक्रमित हुनुहुन्छ, ती मध्ये १३ जना आइसीयुर २ जना भेन्टिलेटरमा हुनुहुन्छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  २ : ३६ बजे

रुस र अमेरिकाको आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

एजेन्सी– संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक