बलम्बु अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

बलम्बु अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमडौंको बसन्तपुरका एकजना कोरोना संक्रमति पुरुषको मृत्युभएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत ६६ वर्षका एक पुरुषको मृत्युभएको अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए ।

डा नेपालका अनुसार ती पुरुषले साउन २७ गते स्टार अस्पतालमा आफैले कोरोना परीक्षण गराएका थिए । उनको २९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ गते सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि गएका थिए ।

ती पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले उनलाई भदौं ५ गतेदेखि आइसीयुमा राखेर उपचार शुरु गरेको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन ।

ती पुरुषको मंगलबार बिहान ११ बजेर १७ मिनेटमा मृत्युभएको डा नेपालले बताए ।

‘हाम्रो अस्पतालमा काठमाडौंको बसन्तपुरका एकजना कोरोना संक्रमितको मृत्यु भयो,’ डा नेपालले भने, ‘उहाँ ६६ वर्षका पुरुष हुनुहुन्छ, उहाँको शव नेपाल आर्मीको सहयोगमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’

डा नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १४५ जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये १३ जना आइसीयु र २ जना भेन्टिलेटरमा छन् ।

अस्पतालमा रहेका सबै संक्रमतिहरुमा कोरोनाको लक्षण रहेको डा नेपालले जानकारी दिए ।

‘अहिले त हामीले लक्षण देखिएका कोरोना संक्रमतिलाई मात्र भर्ना लिने गरेका छौं,’ डा नेपालले भने, ‘हाम्रो अस्पतालमा अहिले १४५ जना संक्रमित हुनुहुन्छ, ती मध्ये १३ जना आइसीयुर २ जना भेन्टिलेटरमा हुनुहुन्छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  २ : ३६ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका