दोहोरो गेम खेल्दैछिन् रिया ? सुशान्तका वकिलको यस्तो आरोप « Khabarhub

दोहोरो गेम खेल्दैछिन् रिया ? सुशान्तका वकिलको यस्तो आरोप


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केन्द्रीय जाँच ब्यूरो (सीआइबी) को विशेष टिमले सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणबारे सबै कोणबाट जाँच गरिररहेको छ ।

लामो समय भइसक्दा पनि सुशान्तको आत्महत्याको कारण खुल्न सकेको छैन । यस घटनासँग जोडिएका घटनाका बारेमा दैनिक समाचार आइरहेका छन् ।

यसैबीच सुशान्तको परिवारको केश हेरिरहेका विकास सिंहले रिया चक्रवर्तीमाथि आरोप लगाएका छन् । उनले रियाले दोहोरो भूमिका खेलेको आरोप लगाउँदै सुशान्तको परिवारलाई कहिल्यै सहयोग नगरेको बताएका छन् ।

अधिवक्ता विकास सिंहले भने, ‘रियाको परिवारले कुनै सहयोग गरेन, जब ठूलो दुर्घटना भएको थियो, उनले परिवारप्रति समवेदना पनि प्रकट गरेकी थिइनन् ।’

सीबीआई जाँचको माग उठ्दा पनि रियाले विरोध जनाएकी थिइन् । ती अधिवक्ताले सुप्रिय कोर्टबाट आफ्नो याचिका फिर्ता लिन पनि भनेका छन् ।

सुशान्तले गत १४ जुनमा बान्द्रास्थित फ्ल्याटमा मृत भेटिएका थिए । परिवारले उनको हत्या भएको हुनसक्ने भन्दै आवाज उठाएको थियो ।

पछि सुशान्तका बुबाले रियाविरुद्ध बिहार प्रहरीमा उजुरी दिएका थिए । यो घटनामा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : २९ बजे

लामिन यामल भन्छन्- मेस्सी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ