राजधानीमा निषेधाज्ञाबारे निर्णय हुँदै « Khabarhub

राजधानीमा निषेधाज्ञाबारे निर्णय हुँदै


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ ।

बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ । समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञ थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ । त्यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यबस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ ।

उक्त बैठक अहिले काठमाडौँमा जारी छ । त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।

अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौविसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने विहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँ प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ५४ बजे

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण